प्रथम प्रचण्ड थैव नकआउट फुटवल : केरवानी र फर्साटिकर विजयी

भोली (बुधबार) हुने खेल : राधाकृष्ण भर्सेस शिवनगर ,डियुनीटी भर्सेस झरना
खबरपथ संवाददाता
२३ मंसिर २०७७, मंगलवार १८:४४

बुटवल । बुटवलको सिद्देश्वर खेल मैदानमा जारी प्रथम प्रचण्ड थैव नकआउट फुटबल प्रतियोगिता अन्तरर्गत आज बिहानको पहिलो खेलमा केरवानी स्पोटिङ्ग एफसी ढिकारले नवएकता शिबपूरलाई २/१ गोल अन्तरले पछि पार्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । सिद्धेश्वर खेलमैदानमा भएको बिहानको पहिलो खेलमा नवएकता क्बलका जर्सी नं. १३ का संजय के.सी.ले खेलको ११ औं मिनेटमा पहिलो गोल गरि खाता खोलेका थिए त्यसको लगत्तै विपक्षी टिम केरवानी स्पोर्टिङ्ग क्लब ढेकारका जर्सी नं. ९ का दिलिप थापाले खेलका २२ मिनेटमा जवाफी गोल गरी खेल लाई बरावरीको अवस्थामा पु¥याए । खेलको पहिलो हाप सम्ममा एक(एक गोलको बराबरीमा खेल भए पनि दोस्रो हाफमा केरवानी स्पोटिङ्गका दिलिप थापा ले ६९ औं मिनेटमा पुनः एक गोल थप गर्दे टिमका लागि जीत सुनिश्चित गराएका थिए ।आजको पहिलो खेलमा म्यान अफ दि म्याचकेरवानी स्पोटीङ्ग क्लबका दिलिप थापा घोषित भई पुरस्कृत भएका थिए ।


यसैगरी मंगलबार नै भएको दिउसोको फर्साटिकर युवा क्लब फर्साटिकर र कन्चन ११ दानापुर बिच भएको दोस्रो खेलमा फर्साटिकर युवा क्लब २/० ले बिजयी भएको छ । प्रतियोगितामा फर्साटिकर युवा क्लबका जर्सी नं. ६ का सुजन रानाले ४७ औ. मिनेटमा पहिलो गोल गरी खाता खोलेका थिए लगत्तै फर्साटिकर युवा क्लबकै जर्सी नं. ११ का राम गोपाल कुमालले खेलको ५० औं मिनेटमा एक गोल गरी टिमका लागि जीत सुनिश्चित गराएका थिए । आजको दोस्रो खेलको म्यान अफ दी म्याच फर्साटिकर युवा क्लबका जर्सी नं. ११ का राम गोपाल कुमाल घोषित भएका थिए । म्यान अफ दि म्याच राम गोपाल कुमाललाई क्लबका पूर्व अध्यक्ष सुजु मल्लले पुरस्कार प्रदान गर्नुभएको थियो ।

भोली (बुधबार) दुई खेलहरु हुनेछन । बिहान पहिलो खेलमा राधाकृष्ण युवा क्लब पुरानो बसपार्क र शिवनगर युवा क्लब बुटवल ७ बिचमा हुनेछ भने दिउसोको दोस्रो खेलमा डि.युनीटी युवा क्बल खैरनी र झरना युवा क्लब कुन्जलापूर बिच हुने खेल संयोजक चक्र बहादुर खड्काले जानकारी दिनुभयो ।

प्रतियोगिताको उपाधि विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उपविजेता टिमले नगद २५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरि प्रतियोगितामा विधागत रुपमा खेलाडीहरुलाई समेत पुरस्कृत गरिने छ । पौष ५ गते सम्म हुने प्रतियोगितामा २० टिमले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*