कांग्रेसले पुस १३ गते संसद विघटन विरुद्ध देशैभर आन्दोलन गर्ने

खबरपथ संवाददाता
९ पुष २०७७, बिहीबार १६:३१

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पुस १३ गते संसद विघटन विरुद्ध देशैभर आन्दोलन गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकले संसद विघटन गर्ने सरकारको कदम अवैध भएकाले त्यसविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

प्रधानमन्त्रीको संसद विघटन गर्ने कदम असंवैधानिक एवंम अलोकतान्त्रिक भएको निष्कर्ष सहित कांग्रेसले  देशभर विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*