एमाले लुम्बिनी संसदीय दलको नेतामा गिरी चयन
बुटवल। नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको नेतामा लीला गिरी चयन हुनुभएको छ ।
दाङको देउखुरीमा आइतबार बसेको संसदीय दलको बैठकले रुपन्देही क्षेत्र न २९१० बाट निर्वाचित प्रदेश सभा सदस्य गिरीलाई सर्वसम्मत दलको नेता चयन हुनुभएको हो ।
पार्टीका महासचिव शंकर पोखरेल, सचिव छबिलाल विश्वकर्मालगायतको उपस्थितिमा बसेको बैठकले गिरीलाई सर्वसम्मत दलको नेता चयन गरेको बताइएको छ ।
संसदीय दलको नेतामा लीला गिरीसँगै चेतनारायण आचार्य, भुमिश्वर ढकाल र भोजप्रसाद श्रेष्ठ पनि आकांक्षी हुनुहुन्थ्यो।
एमाले लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाए गिरी मुख्यमन्त्री बन्नुहुनेछ ।





















