विभागिय टिम नेपाल पुलिस क्लबको विजयी सुरुवात

खबरपथ संवाददाता
१७ पुष २०८१, बुधबार १७:४९

विभागिय टिम नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।

आफ्नो १६ औं स्थापना दिवसको अवसरमा बुटवल उपमहानगरपालिका वडा नं १० स्थित रामनगर खेल मैदानमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन खेलमा पुलिस विजयी भएको हो ।

पुलिसले आयोजक मदन भण्डारी एकेडेमीलाई ३–१ को सेटमा पराजित गरेको थियो । पुलिसले एकेडेमीलाई २५–२२, २५–२०, ३२–३४ र २५–१८ ले पराजित गरेको हो ।

खेलका निकै प्रतिस्पर्धात्मक बनेको थियो । २ सेटले अगाडि रहेको पुलिस तेस्रोमा पराजित भयो । तेस्रो सेट एकेडेमीले निकै प्रतिष्पर्धामा ३४–३२ अंकमा जितेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*