स्वतन्त्र नागरिक समूह नेपालद्धारा सम्पुर्ण नागरिकका लागी कोभिड विरुद्धको खोप उपलब्ध गराउन सरकारसंग माग

खबरपथ संवाददाता
१० असार २०७८, बिहीबार १०:५५

बुटवल । स्वतन्त्र नागरिक समूह नेपालले सम्पुर्ण नागरिकहरुका लागी तत्काल कोभिड विरुद्धको खोप उपलब्ध गराउन नेपाल सरकार संग माग गरेको छ ।

स्वतन्त्र नागरिक समूह नेपालका अध्यक्ष विश्वराज गैह्रेले एक प्रेस बिज्ञप्ति जारी गर्दै यस महामारीको विकराल परिस्थितीमा छिटो भन्दा छिटो कोभिडविरुद्धको खोप सम्पुर्ण नागरिकलाई उपलब्ध गराई जिउ ,ज्यानको रक्षा गर्न सरकारसंग जोडदार माग माग गरिएको छ ।

प्रेस विज्ञप्ती मार्फत भनिएको छ – कोभिड -१९ को महामारीबाट प्रत्येक नेपाली प्रभावित भैरहेको अवस्थामा त्यसको समाधान तर्फ दत्तचित्त भएर लाग्नुको बदला सरकार सत्ताको खेलमा मात्र लागि पर्दा नेपाली नागरिक अत्यन्तै मर्माहत भएको र नागरिक प्रतिको दायित्व वहनमा सरकारको उदासिनता देखिनु लज्जास्पद र खेदजनक भएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

गैह्रेले जारी गरेको बिज्ञप्तिमा वर्तमानको मुल आवश्यकता स्वास्थ्य रक्षा भएको हुँदा सरकारले यो आर्थिक वर्षको सम्पुर्ण स्रोत कोभिड विरुद्धको खोपमा लगानी गर्नुपर्ने बाध्यात्मक आवश्यकता भएको हुँदा स्वतन्त्र नागरिक समूह नेपालले आत्मसाथ गरि नेपाल सरकार लाई उक्त कार्यका लागि मार्गदर्शन तथा आग्रह समेत गरिएको बिज्ञप्तिमा भनिएको छ । नेपालमा कोरोना भाइरसको दोस्रो भेरियन्ट फैलिए संगै सरकारले जारि गरेको निषेधाज्ञा लामो समय भैसक्दा पनि नागरिकहरुको जिउ ,धन र सुरक्षा मा सरकारले ध्यान नदिएको कुरा प्रति स्वतन्त्र नागरिक समूह नेपालले आपत्ति जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*