दलित आन्दोलन सुस्ताउदा उपलब्धी गुम्ने खतरा

खबरपथ संवाददाता
६ भाद्र २०७८, आईतवार १३:३९

बुटवल । लुम्बिनी प्रदेशमा दलित समुदायका नेताहरुको केन्द्रीय राजनीतिमा दरिलो उपस्थिती रहे पनि सामाजिक न्याय र पार्टीमा हस्तक्षेपकारी भूमिका निर्वाह हुन नसकेकोमा चिन्ता व्यक्त गरिएको छ । डिग्निटी इनिसियटिभ र अम्बेडकर सोसल फाउण्डेशन लुम्बिनीले बुटवलमा शनिबार आयोजना गरेको कार्यक्रममा संविधान निर्माणपछि दलित आन्दोलनबाट प्राप्त उपलब्धी नै गुम्ने खतरा हुँदा पनि नेताहरु मौन रहेकोमा चिन्ता व्यक्त गरिएको हो ।

छलफल कार्यक्रममा संविधानसभा सदस्य तथा दलित नेता विनोद पहाडीले नेपालको दलित आन्दोलन बाली घरे जस्तो भएको भन्दै अब यसले सहित गन्तव्य लिन नसके गुम्ने खतरा रहेको बताए । ‘प्रजातन्त्र प्राप्तीको आन्दोलनसँगै दलित समुदाय लड्यौं, प्रतिनिधित्व र केहि अधिकार प्राप्ती पनि भयो, तर अहिले विचार विमर्श नै भएन’ पहाडीले भने –‘दलितका बारेमा बोल्न के कोही मर्नु नै पर्छ की त कुनै परियोजना नभई हुँदैन ।’ उनले नेता, राजनीतिक दलसँग सम्बद्ध दलित भातृ संगठन सबै बालीघरे बनेको बताउँदै दलित समुदाय माथि अत्याचार, अन्याय र प्राप्त उपलब्धी गुम्ने अवस्था आउदा पनि मौन बस्ने अवस्था निकै भयानक भएको बताए । अम्बेडकल सोसल फाउण्डेशन लुम्बिनीका अध्यक्ष समेत रहेका पहाडीले सर्वोच्चले जातका आधारमा दिने आरक्षणलाई रोक्ने कुचेष्टा गरेको भन्दै यसका विरुद्ध दलित आन्दोलन मौन रहेको बताए ।

कार्यक्रममा लेखक तथा अनुसन्धानकर्ता जेवि विश्वकर्माले नेपालको दलित आन्दोलन सुस्ताएको बताउँदै अब थप उर्जावान नहुने हो भने प्राप्त उपलब्धी गुम्ने खतरा औल्याए । उनले दलित समुदायका नेताहरु दलको कार्यकर्ता मात्रै हुने तर, समुदायका बारेमा बोल्न नसक्ने नेताबाट परिवर्तनको आश गर्न नसक्ने बताए । उनले लुम्बिनीमा विभिन्न पार्टीमा नेताहरुको बर्चस्व रहेकाले उनीहरुलाई झकझकाउने गरि कुनै दवाव समूह बनाउनुपर्नेमा जोड दिए । उक्त अवसरमा संयुक्त दलित संघर्ष समिति रुपन्देहीका संयोजक हरिओम विश्वकर्मा, दलित नेताहरु बुद्धिराम हरिजन, पदम बहादुर विश्वकर्मा, ओम प्रकाश विश्वकर्मा, स्थानीय जनप्रतिनिधि माया बराल, दीपा सुनार, सरस्वती दर्नाल, अधिकारकर्मी हरि बोमरेल, मनु खड्का, सावि विश्वकर्मा लगायतले बोलेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*