स्वतन्त्र नागरिक समुह नेपालद्धारा निर्वाचन बहिस्कार गर्न अपिल

खबरपथ संवाददाता
१९ कार्तिक २०७९, शनिबार १९:१०

बुटवल ।  स्वतन्त्र नागरिक समुह नेपालले आसन्न निर्वाचन बहिस्कार गर्न अपिल गरेको छ ।  यहि मंसिर ४ गते हुने प्रतिनीधि तथा प्रदेश सभा निर्वाचनमा देखिएका उमेद्वारहरु एकाध बाहेक राष्ट्रहित र जनहित विपरितका काममा रहेकाले त्यस्ता व्यक्तिलाई मतदान गर्नु आफू पनि त्यसको मतियार हुनु हो भन्दै यो निर्वाचनलाई बहिस्कार गर्न आग्रह गरेको हो ।

स्वतन्त्र नागरिक समुह नेपालले शनिबार बुटवलमा पत्रकार सम्मेलन गरेर नेपालको स्वतन्त्रता, अखण्डता र सार्वभौमिकताको रक्षा गर्नको लागि भन्दै निर्वाचन बहिस्कार गर्न आग्रह गरेको हो ।

पत्रकार सम्मेलनमा स्वतन्त्र नागरिक समुह नेपालका अध्यक्ष विश्वराज गैह्रेले गलत बाटोबाट ल्याईएको धर्मनिरपेक्षता र आवश्कता नभएको संघीयता तथा एमसिसि परियोजनाले देशको राष्ट्रियता र स्वाधिनतामा गम्भिर आघात पुगेको भन्दै निर्वाचन बहिस्कार गर्न आग्रह गर्नुभयो । अध्यक्ष गैरेले निर्वाचन शान्तिपूर्ण बहिस्कार गर्न आब्हान गर्ने र कुनै तोडफोडमा नउत्रिने प्रष्ट पार्नुभयो ।

धार्मिक स्तन्त्रता सहितको हिन्दु राष्ट्र, अधिकार सम्पन्न स्थानीय तह, प्रदेश तह खारेजी र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणाली यो देशमा आवश्यक रहेको पनि संस्थाका महासचिव टोबहादुर केसीले बताउनु भयो । त्यस्तै उपाध्यक्ष डिलबहादुर रानाले यो संविधान नै गलत भएकाले त्यसलाई सच्याउनको लागि अर्को संविधान बनाउनु पर्ने भनाई राख्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*