झरना स्पोर्ट्स क्लबद्धारा खेलाडीलाई जर्सी हस्तान्तरण

खबरपथ संवाददाता
३० भाद्र २०७८, बुधबार २१:१६

बुटवल ।  झरना स्पोर्ट्स क्लबले नेशनल फुटसल  लिगमा छनौट भए संगै खेलाडीहरुलाई जर्सी उपलब्ध गराइएको छ । भलवारी स्थित होटल हिडन प्यालेसमा एक कार्यक्रमका बीच ११ जना खेलाडीहरुलाई जर्शी हस्तान्तरण गरेको हो। लुम्बिनी प्रदेश मै उत्कृस्ट भै छनौटमा परेसंगै क्लबले खेलाडीहरुलाई प्रशिक्षणसंगै उनीहरुको हौसला बढाउन विभिन्न क्रियाकलाप गर्दै आएको छ ।

पोखरामा असोज २ गतेदेखि संचालनमा आउन लागेको ए डिभिजन राष्ट्रिय फुटसल लिगमा झरना स्पोर्ट्स क्लब चयन भएको हो। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना र टर्नपाइक इभेन्टको प्रायोजन तथा व्यवस्थापनमा पहिलो पटक हुन लागेको राष्ट्रिय फुटसल लिगमा झरना स्पोर्ट्स क्लब यस क्षेत्रबाट सहभागी हुँदैछ। खेलको मिति नजिँकिए सँगै रुपन्देही तिलोत्तमा कुञ्जलापुरको झरना स्पोर्टस क्लबका खेलाडीहरु अभ्यासमा व्यस्त रहेको र खेलमा सहभागी हुने तयारि पुरा भएको अध्यक्ष लोक पुनले बताएका छन् ।

झरना स्पोर्ट्स क्लबका सल्लाहकार तथा जिल्ला फुटबल संघका सल्लाहकार राजु बुढाथोकीले एक कार्यक्रमका बिचमा जर्सी हस्तान्तरण गर्नु भएको हो। जर्सी हस्तान्तरण कार्यक्रममा बोल्दै क्लबका होटल हिडन प्यालेसका आभूषण खनालले खेलाडी देशका गहना भएको र आफ्नो ठाउँ सङ्गै देशको नाम माथी पुर्याउन खेलाडीको ठूलो भुमिका हुने भएकोले उनीहरुको आत्मविश्वासमा हौसला थप्न सानो कार्यक्रमको आयोजना गरिएको र उनीहरुको हौसला बढाउन सानो प्रयास गरिएको बताउनु भएको छ ।

आगामी दिनहरुमा पनि खेल र खेलाडीहरुको लागि विभिन्न रचनात्मक कार्य गर्ने उहाँले बताउनु भएको छ। त्यस्तै क्लबका कोशाध्यक्ष धनेन्द्र पौडेलले कार्यक्रमले खेलाडीहरुको खेलप्रतिको रुचि बढ्दै जाने कुरामा बिश्वास प्रकट गर्दै खेलाडीहरुलाई जितको शुभकामना पनि दिनु भएको छ । क्लबका पदाधिकारी तथा उपस्थित अतिथिहरुले टिम कोच निर्मल थापा, टिम म्यानेजर सिजन थापालाई क्लबको जर्सी हस्तान्तरण गरेका थिए। कार्यक्रममा क्लबका सचिव मोहन चौधरी, सल्लाहकार भिम बहादुर थापा, चेतमान थापा, टिम कोच निर्मल थापा, टिम म्यानेजर सिजन थापा, क्याप्टेन ओमप्रकाश थापा, होटलका बिनोद ज्ञवाली लगायतको उपस्थिति रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*