स्वतन्त्र नागरिकसमूहद्धारा प्रेस विज्ञप्ति जारी
बुटवल । पछिल्लो समय महिला हिंसाका घटना दिन प्रतिदिन बढ्दै गैरहेको छ।महिलाहरूले आफनै आफन्त , नातेदार हरु बाट नै असुरक्षित महसुस गरिरहेका छन । दाइजो को नाम मा घरेलु हिंसा ,कुटपिट ,गाली गलौज त हुन्थ्यो हुन्थ्यो तर केहि महिना यता मृत्यु को शिकार समेत हुन परेको घटना सार्बजनिक भैरहेको छ। झन्डै एकमहिना को अन्तराल मा रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं. ८ माइतीघर भएकी सीता पौडेल को भदौ २० गते र सोही नगरपालिका वडा नं.७ भलवारी माइतीघर भएकी सरस्वती कौशल को असोज १४ गते भएको रहस्यमय मृत्युले सम्पुर्ण रुपन्देही बासी र सिंगो नेपाली लाई मर्माहत तुल्याएको छ ।
हालैमा भएका यी रहस्यमय मृत्यहरुप्रती स्वतन्त्र नागरिक समूह ,नेपाल ले प्रेस विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण गराएको छ। संस्थाको अध्यक्ष विश्वराज गैह्रे र महासचिव टोप बहादुर के.सिद्वारा जारि विज्ञप्ति मा रहस्यमय मृत्यु को कारण सत्यतथ्य पत्ता लगाई दोषी लाई हदै सम्मको सजाय को व्यवस्था गर्न सम्बन्धित निकाय तथा सरकार संग माग गरेको छ।























