तिलोत्तमा नगरस्तरीय तेस्रो राष्ट्रपति रनिङसिल्ड : स्वर्णपदकमा शान्ती नमूना अगाडी

खबरपथ संवाददाता
२२ मंसिर २०७८, बुधबार २०:३०

तिलोत्तमा । तिलोत्तमा नगर स्तरी तेस्रो राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता अन्तरगत बुधवार एथ्लेटिक्स तर्फका दोस्रो चरणका खेलहरु सपन्न भएका छन् । मंगलवारबाट तिलोत्तमाको डिङगरनगरमा रहेको नव ज्योति क्लवको खेलमैदानमा जारी प्रतियोगितामा बुधवार दोस्रो चरणका अधिकांश खेलहरु सम्पन्न भएका हुन् ।

तिलोत्तमा नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा जारी रनिङसिल्ड प्रतियोगितामा शान्ति नमूना मावि स्वर्ण पदक प्राप्त गर्नेमा अगाडी देखिएको छ । हाल सम्म सम्पन्न खेलहरुमा ६ स्वर्ण पदक सहित शान्ति अग्रस्थानमा छ भने कुववर्ति इंगलिस बोडिङ स्कुल ५ स्वर्ण पदकका साथ दोस्रो स्थानमा छ । जनज्योति माविले ३ वटा स्वर्ण पदक हात पारेको छ भने सेन्जोसेप माविले २ वटा स्वर्ण पदक जितेको छ । पशुपति मावि, जनजागृति मावि, भुल्के मावि र लर्ड बुद्ध ज्ञानज्योति माविले एक एक स्वर्ण पदक जितेका नगर खेलकुद विकास समिति सदस्य दिपक खनालले जनाकारी दिए ।

खेल उत्सवका रुपमा जारी प्रतियोगितामा शान्ति नमूना माविले र टिकुलिगड माविले ४/४ वटा रजत पदक जित्न सफल भएका छन् । पशुपति माविले ३, सेन्जोसेप मावि र राममणि क्याम्पसले २/२ वटा रजत पदक जितेका छन् । सिद्धार्थ मावि, जनजगृति मावि, पामिर एकाडमी, शंकरनगर दुर्गादत्त माविले १/१ रजत पदक जितेका छन् ।

काश्य पदक अन्तरगत पशुपति माविले ८, कुवरवर्ति इ. बोडिङ् र जन ज्योति माविले ३/३ काश्य पदक, टिकुलिगढ माविले २ पदक हात पारेका छन् । त्यस्तै सेन्सजोसेप मावि, सिदार्थ मावि, भूल्के मावि, होराइजन सिविएस माविले १/१ पदक जितेका छन् ।

भोलिवल अन्तरगत छात्रा तर्फको फाइनल खेल कुवरवर्ति मावि र शान्ति नमूना माविका बीच बुधवार हुनेछ । छात्र तर्फको भलिवल र कपड्डी अन्तगरत क्वाटर फाइनलका खेल मंगलवार सकिएका छन् भने सेमिफाइनल र फाइनल खेल बुधवार हुने छन् ।

तिलोत्तमा नगर भित्रका सामुदायिक र संस्थागत गरी ३४ विद्यालय सहभागीे छन् । खेल अवधिको विचविचमा विभिन्न विद्यालयहरुले सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए । सर्वेत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरु जिल्लाका लागि छनोट हुने छन् । खेल मंगलवार दिउसो २ बजेबाट समापन गरिने नगरखेलकुद विकास समिति अध्यक्ष राजेन्द्र गुरुङले जनाकारी दिए । खेल संचालनका लागि झण्डै ११ लाख खर्चको अनुमान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*