देवीस्थान सहयोग सञ्जालको प्रथम साधारण सभा सम्पन्न

खबरपथ संवाददाता
१० पुष २०७८, शनिबार १९:२५

बुटवल । देवीस्थान सहयोग सञ्जाल सस्थाको प्रथम साधारण सभा सम्पन्न भएको छ। शनिवार तिलोत्तमाको बनबाटिकामा सम्पन्न कार्यक्रममा संस्थाको बार्षिक आय व्यय प्रतिबेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा सस्थाका अध्यक्ष पुरुषोत्तम अर्यालले वार्षिक प्रतीवेदन प्रस्तुत गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा सस्थाका कोषाध्यक्ष ठाकुर पौडेलले वार्षिक आय व्यय प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।  सस्थाका सेयर सदस्य अचुत पन्थीको शुभकामना मन्तवय, सेयर सदस्य घनश्याम पान्डेको शुभकामना मन्तवय, साथै कार्यक्रममा यमलाल पौडेलले “आफ्नो जन्म ठाउ” कविता प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा ज्येष्ठ नागरीक विष्णु प्रसाद भन्डारीलाई सम्मान गरीएको थियो।

त्यस्तै सस्थाको नया कार्यसमितीमा अध्यक्ष पुरषोत्तम अर्याल, उपाध्यक्ष यमलाल पौडेल, कोषाध्यक्ष ठाकुर पौडेल, सचिव कमल भण्डारी, उप-सचिव गणेश पौडेल, सदस्यहरु जीवन पाण्डे, विष्णु न्यौपाने, पम्फा पन्त, रिषीराम पाण्डे, सल्लाहाकरहरु, घनश्याम पान्डे, लक्ष्मण अर्याल चयन हुनु भएको छ । कार्यक्रमको सन्चालन सचिव कमल भण्डारीले गर्नु भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*