टाटाको साईकल बुटवलमा

खबरपथ संवाददाता
२१ बैशाख २०७९, बुधबार १३:१६

बुटवल । टाटा कम्पनीले उत्पादन गरेको साईकल बुटवलमा विक्रि वितरण सुभारम्भ गरेको छ। विश्वमा नै ठूलो सवारी साधन उत्पादनमा नाम कमाएको टाटा कम्पनीबाट उत्पादन गरिएका साईकलहरु नेपालका लागि आधिकारिक विक्रेता साईन ईन्ट्रप्राईजेज एण्ड सप्लायर्समार्फत रुपन्देहीका लागि आधिकारिक विक्रेता साईन होल्डिङ प्रालिले कालिकानगरमा शोरुम उद्घाटन गरि विक्रि शुरु गरेको हो।


साईन ईन्टरप्राइजेज एण्ड सप्लायर्सका कोषलेश पाण्डेले दैनिक कार्यमा उपयोगी साईकलहरु विक्रिवितरण गरिने बताए। ग्रामिण र शहरी क्षेत्रका सबैलाई उपयोगी स्ट्रेडर र कन्टिनो गरि बेसिक र प्रिमियर दुई प्रकारका
साईकल कम्पनीबाट उत्पादन भएको उनले बताए। न्युनतम ६ हजारदेखि ईल्क्ट्रिक ९५ हजारसम्मका साईकलहरु शोरुममा रहेको उनले बताए। पेट्रोलियम पदार्थको बढ्दो मुल्यवृद्घिसंगै टाटाले ईल्क्ट्रिक साईकलमा समेत जोड दिएको उनले बताए।
पैदल र बैट्री दुबै रहेको ६० किलोमिटर हाईब्रिडमा चल्ने कन्टिनो नेपाली सडकलाई उपयोगी रहेको उनले बताए।
बुटवल शाखाका म्यानेजर कृष्ण बहादुर गुरुङले बिक्रिसंग सर्भिसिङको सेवा समेत उपलब्ध हुने बताए। विशेष गरि बेबि, माउण्टेन, लेडिज तथा किसानहरुलाई उपयोगी साईकलहरु कम्पनीले उत्पादन गरेको उनले बताए। रुपन्देहीबाट नै विक्रि शुरु गरेको टाटाले देशका अन्य क्षेत्रमा समेत विक्रि शुरुवात गर्ने उनले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*