सेनेटरी प्याड बनाउने तालिम समापन

खबरपथ संवाददाता
१२ जेष्ठ २०७९, बिहीबार ०७:२९

बुटवल । महिनाबारीका बेला प्रयोग गरिने सेनेटरी प्याड बनाउने तालिमको बुधबार समापन गरिएको छ ।

एएचएफको आयोजनामा भएको तीनदिने पुनप्रयोग गर्न मिल्ने सेनेटरी प्याड बनाउने तालिमको एक कार्यक्रमका बीच बुटवलमा समापन गरिएको छ । तालिममा सहभागी २० जनालाई प्रमाणपत्र बितरण गरिएको हो ।

एएचएफका संयोजक धर्मराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको संचालन लुम्बिनी प्रादेशीक अस्पतालका एआरटि फोकल पर्सन भीम ज्ञवालीको गरेका थिए । अन्तर्राष्ट्रिय महिनावारी स्वास्थ्य दिवसका अवसरमा तालिम चलाइएको र यसको प्रभावकारिता राम्रो भएको संयोजक धर्मराज भट्टराईले बताउनुभयो ।

तालिममा अन्जु थापा र गंगा क्षेत्री प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो । सो प्याड कटनको भएकोले पुन प्रयोगमा सरल र सहज हुने प्रशिक्षकहरुको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*