उद्घोषण, नेतृत्व विकास, व्यक्तित्व विकास र भाषण कलाको तालिम बुटवलमा हुने

खबरपथ संवाददाता
७ श्रावण २०७९, शनिबार २१:४६

७ साउन । लग इन एजुकेशन प्रा . लि. बुटवलले बोल्ने कलाको बिकास गराउने उदेश्यका साथ एक दशक देखि पत्रकारिता गर्दै आएका पत्रकार ,संन्चारकर्मी मार्फत रेडियो उद्घोषण ,स्टेज उद्घोषण ,पत्रकारिता, समाचार वाचन तथा समाचार लेखन, भाषण कला, मोटिभेसन कक्षा तथा नेतृत्व विकास र व्यक्तित्व विकासका तालिमहरु संन्चालन गर्ने भएको छ ।

बुटवल गोलपार्कमा सञ्चालन हुने तालिम बुधबार बाट सुरु हुने लग इन एजुकेशन प्रा लि का सन्चालक अर्जुन खनालको भनाई रहेको छ । खस्यौली एफ एम का स्टेशन म्यानेजर सुमन श्रेष्ठ , उदघोषक तथा संचारकर्मी मदन खनाल, कान्तिपुर दैनिककी रुपन्देही संवाददाता सन्जु पौडेल, उदघोषक तथा संचारकर्मी हरि पौडेल, संचारकर्मी अनिल पहाडी लगायत ले प्रशिक्षण गराउने कार्यक्रम संयोजक गणेश भन्डारी ले जानकारी गराउनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*