तिलोत्तमा ८ मिलन टोल समितिमा नयाँ नेतृत्त्व
मणिग्राम । तिलोत्तमा नगरपालिका वार्ड ८ अन्तर्गतको मिलन टोल विकास समितिमा सर्वसम्मत रुपमा नयाँ नेतृत्त्व चयन भएको छ । समितिको अध्यक्षमा हरि प्रसाद बस्याल, उपाध्यक्ष रमाकान्त भुसाल, सचिव फर्शराम काफ्ले, र कोषाध्यक्ष कमला खत्री चयन हुनु भएको छ । त्यसैगरी ११ जना सदस्य पनि सर्वसम्मत चयन भएका छन् । निर्वाचन सम्पन्न गर्न डा. बाबुराम ज्ञवालीको अध्यक्षतामा पाँच सदस्यीय निर्वाचन समितिको गठन साधारण सभाले गरेको थियो ।
निर्वाचन सम्पन्न भए पश्चात शनिवार नयाँ समितिलाई निवर्तमान समितिले पदभार हस्तान्तरण गरेको छ । पद स्थापन कार्यक्रमको सभापतित्व निर्वाचन समितिका संयोजक डा. बाबुराम ज्ञवालीले गर्नुभएको थियो भने प्रमुख अतिथि तिनपा ८ का अध्यक्ष कृष्ण प्रसाद पौडेल हुनुहुन्थ्यो । कार्यक्रममा निवर्तमान सभापति तथा ज्येष्ठ नागरिक हरि प्रसाद ज्ञवालीले नयाँ समितिलाई शुभकामना दिनुभएको थियो ।
लक्ष्मी गौतमको स्वागत र डा. ज्ञवालीको धन्यवाद ज्ञापन सहितको सम्पन्न कार्यक्रमको सञ्चालन कृष्ण तिवारीले गर्नु भएको थियो ।























