एटलस वेलफेयरको सातौ साधारण सभा सम्पन्न

खबरपथ संवाददाता
२८ श्रावण २०७९, शनिबार २०:३९

बुटवल । एटलस वेलफेयर अर्गनाइजेशनले आफ्नो सातौ वार्षिक साधारण सभा शनिवार सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा नं. आठ का अध्यक्ष यज्ञ प्रसाद पंगेनिले समाज परिवर्तनका लागि संस्थाको सामाजिक,सिपमुलक तथा संस्थाको परोपकारी कार्यमा नगरपालिका सहकार्य गर्नको लागि प्रतिबद्धता भएको बताउनुभयो ।

कार्यक्रममा संस्थाका संरक्षक प्रेमचन श्रेष्ठ, गैरसरकारी संस्था महासंघका रुपन्देहीका कोषाध्यक्ष ठाकुर घिमिरे,संस्थाका सल्लाहकार रीमा बि.सि.,त्रिभुवन टोल बिकास संस्थाका अध्यक्ष बिष्णु पाण्डे लगायतले बोल्नु भएको थियो ।

संस्थाकी अध्यक्ष कल्पना श्रेष्ठले संस्थाको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो भने आर्थिक प्रतिवेदन संस्थाकी कोषाध्यक्ष सपना खनालले गर्नुभयो । साथै लेखासमितिको प्रतिवेदन राजिव श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा संस्थामा प्रवेश गर्नुहुने नयाँ सदस्यज्यूहरुलाइ स्वागत तथा संस्थाको बार्षिक कार्यक्रम अन्तर्गतका कार्यक्रमहरु सफल पार्न संयोजकत्वको भुमिका निर्वाह गरि कार्यक्रम सफल बनाउन भुमिका खेल्ने सदस्यहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रम कल्पना श्रेष्ठको अध्यक्षता, स–सचीव मिलन सुनारको स्वागत तथा सचीव बिष्णु प्रसाद पन्तको संचालनमा सम्पन्न भएको थियो ।

मानव सेवा नै ठुलो धर्म हो भन्ने उद्धेश्यका साथ समाजमा रहेको समस्याहरू समाधान ,बेरोजगारी न्यूनिकरण ,स्वास्थ्य क्षेत्रमा सुधार ,गरीब तथा असहाय र एकल महिलालाई तालिमहरु संचालन गरेर आत्मनिर्भर बनाउने,शैक्षिक र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै अगाडि बढ्दै आएको अध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*