शिक्षिका भलिवल प्रतियोगीताको उपाधी एभरेष्ट मा.वि.लाई

खबरपथ संवाददाता
११ भाद्र २०७९, शनिबार १९:३५

बुटवल । मणिमुकुन्द कलेज विद्यार्थी काउन्सिलको आयोजनामा मणिमुकुन्द कलेज बुटवलमा सञ्चालित शिक्षिका भलिवल प्रतियोगीताको उपाधी एभरेष्ट मा.वि.ले जितेको छ । शुक्रबारदेखि शुरु भएको प्रतियोगीताको फाइनल खेलमा एभरेष्ट मा.वि.ले कालिका मानवज्ञान मा.वि।लाई ३–० को सेटमा पराजित गर्दै उपाधी जितेको हो । प्रतियोगितामा कालिका मानवज्ञान मा.वि.ले द्धितिय स्थान हात पारेको छ भने न्यू होराइजन मा.वि.तृतिय बन्न सफल भयो ।
हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर आयोजना गरिएको प्रतियोगिताको शुक्रबार मणिमुकुन्द कलेज व्यवस्थापन समितिका अध्यक्ष गम प्रसाद रेश्मीले उद्घाटन गर्नु भएको थियो ।
प्रतियोगिताका विजेता टिमलाई रोटरी क्लव अफ बुटवलकी पुर्व अध्यक्ष भगवती पाण्डे, क्याम्पस प्रमुख टुक बहादुर क्षेत्री, सह–प्राचार्य दिवाकर खनाल, व्यवस्थापन संकाय संयोजक पशुपति चौधरी, दिनेश पाण्डे, मणि मुकुन्द कलेज विद्यार्थी काउन्सिलका अध्यक्ष दिपेन्द्र पाण्डे लगायतले कप, मेडल र प्रमाणपत्रले सम्मान गर्नु भएको थियो । हरितालिका तिजको अवसरमा आयोजित उक्त प्रतियोगीतामा प्रथम, द्धितीय र तृतिय हुने टिमसंग सामुहिक दर खाने कार्यक्रमसमेत सम्पन्न भएको छ । बिभिन्न विद्यालयका शिक्षिकाहरुबिच आत्मिय सम्बन्ध बिकासका लागी प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएका छन ।
मणिमुकुन्द कलेज विद्यार्थी काउन्सिलका अध्यक्ष दिपेन्द्र पाण्डेको अध्यक्षता र रोटरी क्लव अफ तिनाउ बुटवलको पूुर्व अध्यक्ष भगवती पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रमको सञ्चालन झरना अर्याल क्षेत्रीले गर्नुभएको थियो ।

मणिमुकुन्द कलेजमा शिक्षिका भलिबल प्रतियोगीता शुरु, उद्घाटन खेलमा एभरेष्ट बिजयी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*