गुल्मी दुम्सिकोट रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दरखाने कार्यक्रम सम्पन्न

खबरपथ संवाददाता
११ भाद्र २०७९, शनिबार २१:१५

बुटवल । गुल्मि दुम्सिकोट रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दरखाने कार्यक्रम सम्पन्न भएको छ । गुल्मी दुम्सिकोटबाट रुपन्देहीको विभिन्न स्थानमा आई स्थायी तथा अस्थायी रुपमा बसोबास गर्दे आईरहेका चेलीबेटीहरुका लागी  हरितालिका (तिज) को अवसरमा तिज मिलन तथा दर खाने कार्यक्रमको आयोजना गरिएको हो । रुपन्देही भरी छरिएर रहेका दिदी बहिनीहरुको मिलन र आत्मियता बढाउने उद्धेश्यले तिज मिलनको कार्यक्रम आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा समाजका सल्लाहकारहरु राम प्रसाद पौडेल, चन्द्र बहादुर महत र बासु राम पौडेलले हरितालिका तिजको अवसरमा शुभकामना ब्यक्त गर्दे अबका दिनमा एक आपसमा परेका समस्याहरुको समाधान र आपसी सहयोग गर्दे जाने भनाई राख्नु भएको थियो ।

गुल्मि दुम्सिकोट रुपन्देही सम्पर्क समाजका अध्यक्ष विष्णु प्रसाद पौडेलकाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको समाजका सचिव रविन पौडेलले सहजिकरण गर्नु भएको थियो । तिज मिलन कार्यक्रममा समाजका १५० जनाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*