सिटिजन लाईफ ईन्स्योरेन्सको स्थापना दिवसमा बृहत् सरसफाई तथा डस्ट्बिन वितरण

खबरपथ संवाददाता
४ कार्तिक २०७९, शुक्रबार २०:४३

बुटवल । सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको पाचौं स्थापना दिवसको अवसरमा आज बृहत् सरसफाई तथा डस्ट्बिन वितरण कार्यक्रम सम्पन्न भएको छ । सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनी मुर्गिया ब्रान्चको आयोजनामा शुक्रबार सैनामैना ३ दुर्गा भवानी मन्दिर सैनामैनामा कार्यक्रम सम्पन्न भएको थियो ।

सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडका क्षेत्रिय प्रबन्धक दुर्गाराज ढकालको सभापतित्व तथा सैनामैना नगरपालिका वार्ड न-४ का वार्ड अध्यक्ष रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिशिस्ट अतिथी सैनामैना-४ का वार्ड अध्यक्ष तमबहादुर पुर्जा श्री दुर्गा भवानी मन्दिरका अध्यक्ष प्रेमबहादुर बानिया उधोग बाणिज्य संघ सैनामैनाका अध्यक्ष प्रेमबहादुर खड्का सैनामैना ब्यापार संघ का अध्यक्ष सुरेन्द्र पौडेल सालझण्डि स्वास्थ्य चौकीका प्रमुख बुद्दीप्रसाद ज्ञवाली सैनामैना रेडक्रसका कोषाध्यक्ष थानेश्वर न्यौपाने लगायतले स्थापना दिवस तथा सिटिजन लाईफ ईन्स्स्योरेन्स कम्पनिले समाजमा गरेका सामाजिक कार्यहरुको उच्च प्रशंसा गर्नुभएको थियो।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय रन्यौरा तथा साल्झण्डि परोहा माध्यमिक बिध्यालय बोलबम धाम तीन र चार वार्ड कार्यालय तथा सामाजिक संघ संस्थालाई फोहोर मैला ब्यवस्थापनका लागि सहज होस भन्ने उदेश्यका साथ डस्ट्बिन वितरण गरिएको थियो।

गाउँ गाउँमा हरेक नागरिकले जीवन बिमा गर्नुपर्छ भन्ने सन्देश अझै बुझ्न नसकेको हुँदा नागरिकलाई सचेतना जगाउन जरुरी रहेको कार्यक्रमका बक्ताहरुको भनाई थियो ।

कार्यक्रमका बक्ताहरुले बिमा मानिसले हरेक बस्तुको गरिरहेको हुन्छ तर आफ्नो बिमा गर्नु पर्छ भन्ने महशुस नगरेको हुँदा बिमा सचेतना कार्यक्रमहरु गाउँ गाउँमा ल्याउन जरुरी छ भन्दै सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनीले दुर्गा भवानी मन्दिरमा आई २२ थान डस्ट्बिन बितरण गरेकोमा सर्हाना गर्नुभएको थियो।

उक्त कार्यक्रम सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनिका एजेन्सी म्यानेजर आशा पोखरेलले सन्चालन गर्नुभएको थियो भने स्वागत मन्त्ब्य एजेन्सी म्यानेजर अर्जुन न्यौपाने ले गर्नुभएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*