मिस सी क्वीन उपाधि वीमिकाले हात पारिन

खबरपथ संवाददाता
३ असार २०७६, मंगलवार २२:२०

पोखरा। मिस सी क्वीन–५ को उपाधि पोखराकी वीमिका उदासले जितेकी छन् ।

कुमुदिनी होम्सबाट एसइई दिएकी उनले उपाधिसहित न्यू ग्यालेक्सी स्कूलबाट प्लस टुमा पूर्ण छात्रवृत्ति तथा सानिमा इन्स्योरेन्सबाट ५ लाख बराबर १ वर्षका लागि टर्म लाइफ इन्स्योरेन्स सुविधा पाएकी छन् । परिचय, प्रश्न र लिखित जवाफ राउण्डमा निर्णायक नजरमा उत्कृष्ट ठहरिएकी उनले मिस डिस्सीप्लिनको उपाधि पनि हात पारिन् । उनलाई गत वर्षकी विजेता एवं निर्णायक सुप्रिमा तुलाधरले ताज पहि¥याइदिइन् ।

यस्तै, फस्ट रनर अप वीनिता केसी र सेकेण्ड रनर अप सिम्रन गुरुङ भए । फस्ट रनरअप केसीले भ्यूअर्स च्वाइस र मिस पङ्च्युअलको सव टाइमल पनि जितिन् । सेकेण्ड रनर अप गुरुङले वेष्ट डान्सको उपाधि पाइन् । उनीहरुले सानिमाबाट साढे २ लाख बराबरको बीमा सुविधा पाएका छन् भने न्यू ग्यालेक्सी स्कूलबाट क्रमशः ७५ र ५० प्रतिशत छात्रवृत्ति सुविधा पाए ।

प्रतियोगितामा सुस्मिता सुनार मिस ट्यालेन्ट, सुम्निमा राई मिस फेरी, दीव्या गुरुङ वेष्ट क्याटवाक, रीता अधिकारी वेष्ट स्माइल र प्रशिना आचार्य वेष्ट फोटोजेनिक भएको लुक्स फेसन होमका प्रबन्ध निर्देशक रवीन्द्र बज्राचार्यले जनाए ।

लुक्स फेसन होमको आयोजनामा भएको प्रतियोगितामा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य मीना गुरुङले प्रतिभा प्रष्फुटनसहित महिला सशक्तीकरणमा यस्ता प्रतियोगिताले सघाउ पुग्ने बताइन् । उनले युवालाई स्वरोजगार बनाउनुपर्नेमा जोड दिँदै अबको युग भनेको छोरीको हो भनिन् ।

कार्यक्रममा न्यू ग्यालेक्सी स्कूलका निर्देशक राजु कायस्थ, सहप्राचार्य राजेश भण्डारी, सानिमा इन्स्योरेन्सका सिनियर एजेन्सी म्यानेजर श्याम गुरुङ, सानिमा इन्स्योरेन्सका क्षेत्रीय प्रमुख सुदीपराज ढुंगाना, प्रतिभा स्कुलका प्राचार्य विश्वगोपाल पराजुली, गत वर्षकी सेकेण्ड रनरअप दीया गुरुङ, व्यवसायी केपी पाध्या लगायतले पुरस्कृत गरे ।

प्रतियोगिता निर्णायकमा गण्डकी उर्जाका संचालक प्रगत कायस्थ, मिस सी क्वीन–४ सुप्रिमा तुलाधर, पोखरा हिमालयनका संचालक डा. अशेष भट्टराई र पत्रकार विजय नेपाल थिए ।
सहयोगीलाई प्रशंसापत्र र मायाको चिनो प्रदान गरिएको लुक्स फेसन होमका सुदीप गुरुङले जनाए । कार्यक्रम अवसरमा विविध नृत्य, मुक्तक वाचन गरिएको थियो । कार्यक्रम संचालन ज्ञानुबाबा बोर्डिङका भाइस प्रिन्सिपल बाबुराम सुवेदीले गरेका थिए । प्रतियोगीलाई विभिन्न खालका तालिममा सहभागी गराई ग्राण्ड फिनालेमा उतारिएको हो । आकर्षक गाउनमा स्टेज उतारिएका उनीहरुले निर्णायक प्रगत कायस्थको प्रश्नमा लिखित जवाफ दिएका हुन् ।

लुक्स फेसन होमले एसइई परीक्षा दिएर बसेका किशोरीको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिँदै आएको प्रबन्ध निर्देशक बज्राचार्यले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*